एजेन्सी । अस्कर विजेता तथा हलिउडकी सुन्दर नायिका जेनिफर लरेन्सलाई सुटिङको क्रममा चोट लागेको छ। अमेरिकाको बोस्टनमा एक फिल्मको सुटिङको दौरान उडेर आएको सिसाले उनको आँखामा चोट लागेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
‘डन्ट लुक अप’ फिल्मको सेटमा गरिएको विस्फोटमा सिसा उडेर उनको आँखामा परेको थियो। त्यसपश्चात् उनको आँखाबाट रगत बगेको बताइएको छ।
बोस्टन ग्लोब नामक अमेरिकी सञ्चारमाध्यमका अनुसार चोट कति गहिरो छ भन्ने प्रष्ट भइसकेको छैन। बिहीबार राति भएको दुर्घटनापश्चात पाराडेमिक जेनिफर भएको स्थानमा पुग्दा उनी अनुहार छोपेर बसेकी थिइन्। शुक्रबारबाट फिल्मको सुटिङसमेत अवरुद्ध भएको छ।
सन् २०१३ मा उत्कृष्ट अभिनेत्री शीर्षकमा अस्कर जितेकी जेनिफर सन् २०१९ को ‘एक्स् मेन : डार्क फिनिक्स्’ पश्चात चलचित्रमा देखिएकी थिइनन्।
प्रतिक्रिया