काठमाडौं : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाललाई प्रक्रिया पुरा नगरी एकीकरणको मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेज माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राजपाका तत्कालीन उपाध्यक्ष तथा अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलाएर जनता समाजवादी पार्टी बनाउनेगरी २०७७ साल असार २४ गते आयोगले गरेको निर्णय खारेज गर्न माग गर्दै आइतबार रिट दिएका हुन्।
कुनैपनि दलको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनैपर्ने संविधानको प्रावधान र उक्त समितिलाई अन्य पछि पारिएका वर्गको समेत प्रतिनिधित्व दिएर समावेशी बनाउन पर्ने संवैधानिक मान्यता विपरित आयोगले निर्णय गरेको भन्दै आफूले रिट दिएको थापाले बताए।
प्रतिक्रिया