लेटेस्ट न्युज
advertisement1

नुवाकोटमा कोरोनाको 'डेल्टा प्लस' भेरियन्ट पुष्टि

Maryada News 2021-07-09 19:45:56
नुवाकोटमा कोरोनाको 'डेल्टा प्लस' भेरियन्ट पुष्टि

काठमाडौं : नुवाकोटमा कोरोना भाइरसको डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ । त्रिशुली अस्पतालले विज्ञप्ति जारी गर्दै अतर्राष्ट्रिय प्रयोगशालामा जीन सिक्वेन्सिङका लागि पठाइएकोमा तीनवटा नमुनामा डेल्टा र बाँकी एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट पुष्टि भएको जनाएको छ । अस्पतालले डेल्टा प्लस भेरियन्ट अन्य भेरियन्टभन्दा ६० देखि शत प्रतिशतभन्दा बढी संक्रामक रहेको अनुसन्धानले पुष्टि गरेको जनाएको छ ।

यो भेरियन्टबाट बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उच्च संक्रमण र फोक्सोमा बढी असर पार्नसक्ने तथा डेल्टा प्लस भेरियन्ट नै कोभिडको तेस्रो लहरको उत्प्रेरक हुने उच्च सम्भावना रहेको अस्पतालले जनाएको छ । अस्पताललो सूचना देखेर नआत्तिन र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्