लेटेस्ट न्युज
advertisement1

पर्साका १४ स्थानीय तहमा ७४ हजार खसी बाख्रालाई पिपिआरको खोप

Maryada News 2021-07-04 15:18:54
पर्साका १४ स्थानीय तहमा ७४ हजार खसी बाख्रालाई पिपिआरको खोप

वीरगञ्ज : खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए।     
     
उनले जनकपुर प्रयोगशालाबाट एक लाख ५० हजार डोज खोप मागेकामा ७४ हजार खोप डोज मात्र पठाइएको बताए । महामारीका रुपमा रहेको पिपिआर रोगविरुद्धको खोप प्रत्येक वर्ष लगाउँदै आए पनि पूर्णरुपमा खोप प्राप्त हुन नसकेकाले कतिपय ठाउँमा खसीबाख्रामा उक्त खोप लगाउन नसकिएको हो ।     
     
पिपिआर रोग सरुवा रोग भएकाले समयमै खोप लगाएपछि अन्य ठाउँमा यो रोग भने सर्न सकेन । तीन महीनाभन्दामाथिका खसीबाख्रा, बोका, पाठापाठीलाई सो रोगविरुद्धको खोप लगाइए पनि गर्भिणी बाख्रालाई उक्त रोगविरुद्धको खोप भने लगाउन नहुने कार्यालयले जनाएको छ ।     
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्