सर्लाहीः जिल्लाकाे रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माकाे निधन भएकाे छ। नेपाली कांग्रेसबाट निर्वाचित बर्माको हृदयघातका कारण निधन भएकाे हाे।
करिब ७० वर्षीय बर्माकाे काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएकाे हाे। उनी २०३५ सालदेखि नै जनप्रतिनिधि हुँदै आएका थिए। गाविस अध्यक्ष हुँदै स्थानीय तहको निर्वाचनपछि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
उनकाे अन्तिम संस्कार सर्लाहीमा नै गरिने भएकाे छ।
प्रतिक्रिया