लेटेस्ट न्युज
advertisement1

यी स्थानमा आज मेघगर्जनसहित वर्षा हुने

Maryada News 2021-07-01 10:26:49
यी स्थानमा आज मेघगर्जनसहित वर्षा हुने

काठमाडाैंः देशभर हाल मनसुनी वायु सक्रिय भएकाले तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

यी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भीषण वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा गएराति देखि नै निरन्तर वर्षा भइरहेको छ। उपत्यकाको आकाश पूर्ण बदली रहेको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशकाका केही स्थानमा मेघगर्जन/चट्याङसहित भीषण वर्षा तथा थोरै स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ। आज राति पनि यही मौसमी प्रणाली जारी रहनेछ।

आज काठमाडौंको अधिकतम २८ र न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्