लेटेस्ट न्युज
advertisement1

निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरूकाे बैठक बस्दै

Maryada News 2021-06-27 11:15:28
निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरूकाे बैठक बस्दै

काठमाडाैंः उपत्यकाका तीन वटै जिल्ला काठमाडाैं भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठक बस्ने भएकाे छ। निषेधाज्ञाकाे अवधि र माेडलबारे थप छलफल गर्न बैठक बस्न लागेकाे हाे। 

आज बस्ने बैठकले निषेधाज्ञा थप गर्ने कि नगर्ने भन्नेबारे महत्वपूर्ण निर्णय गर्न बताइएकाे छ। काेराेना सङ्क्रमणकाे दर घटे पनि जाेखिम कायम नै रहेकाले तत्काल निषेधाज्ञा पूर्णतया हट्ने सम्भावना भने न्यून रहेकाे छ। 

आज अपराह्न बस्ने बैठकले निषेधाज्ञाकाे अवधि एक साता थप्ने निर्णय गर्न सक्ने बताइएकाे छ। हाल काठमाडौंमा निजी सवारी तथा ट्याक्सी लगायतमा जोर–बिजोर प्रणाली लागू गरिएकाे छ। तर सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेस लगायतमा भने प्रतिबन्ध कायमै छ।

यसअघि थप गरिएकाे निषेधाज्ञाकाे अवधि असार १४ गते राति १२ बजेपछि सकिँदैछ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्