काठमाडौं: कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लागू रहेको निषेधाज्ञाको समयसीमा आज (मंगलबार) मध्यरातिदेखि सकिँदैछ । काठमाडौं उपत्यकामा साउन २८ देखि भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।
तर, कोरोना संक्रमण अझै नघटेकाले कसरी अघि बढ्ने भन्ने विषयमा आज उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय लिने भएको छ । चाडबाडको समय भएकाले भीडभाड बढ्ने र त्यसले संक्रमण झनै बढाउने भएकाले निषेधाज्ञा परिमार्जित गरेर थप गरिने भएको छ ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले परिष्कृत खालको निषेधाज्ञाको मोडालिटी आवश्यक्ता रहेकाले आजको बैठकले निर्णय गर्ने जानकारी दिए ।
प्रतिक्रिया