काठमाडौं : साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज (मंगलबार) १५ दशमलव ५० प्रतिशतले बढेर नेप्से परिसूचक २ हजार ६ सय १ दशमलव ५१ अंकमा पुगेको हो । 'क' वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०९ अंकले बढेको छ ।
आज ७६ हजार ४९३ कारोबार बाट १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँ पुगेको छ ।
बैंकिङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको छ । विकास बैंक ६.४७ अंकले बढेको छ । यस्तै अन्य समूहमा रहेका कम्पनीहरुको सब इन्डेक्स ५.५४ अंकले वृद्धि भएको छ । आज व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि भने घटेको छ ।
प्रतिक्रिया