बाराः जगदम्बा स्टिल उद्योगमा आगलागी हुँदा दुई जना मजदुरकाे निधन भएकाे छ। शनिबार राति करिब ८ बजे फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे।
आगलागीमा परी ज्यान गुमाउने दुवै भारतीय नागरिक हुन्। भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको निधन भएकाे प्रहरीले जनाएकाे छ। आगलागीमा परी अन्य तीन जना घाइतेसमेत भएका छन्। घाइते हुनेमा राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं रहेका छन्।
घाइतेहरूकाे अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएकाे छ। जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलले आगाे नियन्त्रणमा लिएको थियो।
प्रतिक्रिया