लेटेस्ट न्युज
advertisement1

दलित समुदायबाट जननिवार्चित पहिलो सांसद  कृष्णसिंह परियारको निधन

Maryada News 2021-06-18 19:00:34
दलित समुदायबाट जननिवार्चित  पहिलो सांसद  कृष्णसिंह परियारको निधन

काठमाडौं : दलित समुदायबाट जननिवार्चित  पहिलो सांसद कृष्णसिंह परियारको निधन भएको छ । ६८ वर्षीय पूर्वसांसद परियारको आज बिहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको पूर्वसांसद परियार २०४८ सालको निर्वाचनमा बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए।

नेपाली कांग्रेसबाट निर्वाचित परियार तत्कालीन राज्य व्यवस्था समितिका पूर्व सभापति समेत थिए । नेपालको इतिहासमा दलित समुदायबाट पहिलाे पटक प्रतिनिधिसभा सदस्य निर्वाचित परियार इमानदार, निष्ठावान र सादगी नेताका रुपमा परिचित थिए ।

परियारको निधनले नेपालको लोकतान्त्रिक र दलित आन्दोलनमा अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्