लेटेस्ट न्युज
advertisement1

बलाध्यक्ष शर्माले पाए कार्यवाहक प्रधानसेनापतिकाे जिम्मेवारी

Maryada News 2021-07-27 20:05:41
बलाध्यक्ष शर्माले पाए कार्यवाहक प्रधानसेनापतिकाे जिम्मेवारी

काठमाडौं : सरकारले प्रभुराम शर्मालाई नेपाली सेनाको कायम मुकायम प्रधानन्यायाधीश नियुक्त राष्ट्रपतिलाई सिफारिश गर्ने  निर्णय गरेको छ । शर्मालाई साउन २४ देखि लागू हुने गरी नेपाली सेनाको कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका शर्मालाई कामु प्रधान सेनापतिको जिम्मेवारी दिने निर्णय गरिएको हो । हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदैछन् ।

अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उनले २४ साउनबाट विदा बस्ने तयारी गरेका थिए । ४४ औं प्रधानसेनापति बन्न लागेका शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्