काठमाडाैंः नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ। शुक्रबार एकै दिन एक हजार दुई सय रूपैयाँले सुनकाे मूल्य घट्दै प्रतिताेला ९० हजार ८०० रूपैयाँ कायम भएकाे छ।
केही दिन यता नेपाली बजारमा सुनकाे मूल्य लगातार ओरालो लाग्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ कायम भएकाे छ। बुधबारमात्रै ९३ हजार एक सय रूपैयाँमा काराेवार भएकाे सुन बिहीबार ११ सय रूपैयाँले घटेकाे थियाे। शुक्रबार एकै दिन १२ सय रूपैयाँले छापावाल सुनकाे मू्ल्यमा गिरावट आएकाे हाे।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेकाे छ। तेजाबी सुन प्रतिताेला ९० हजार ३०० रूपैयाँ कायम भएको छ।
यस्तै चाँदीकाे मूल्यमा पनि सामान्य गिरावट आएकाे छ। शुक्रबार महासंघका अनुसार चाँदी प्रतितोला ३५ रूपैयाँले घट्दै एक हजार ३०५ रूपैयाँ कायम भएकाे छ।
प्रतिक्रिया