लेटेस्ट न्युज
advertisement1

सोमबार सेयर बजारमा नयाँ रेकर्ड, साढे ७ अर्ब बढीकाे कारोबार

Maryada News 2021-04-12 18:21:26
सोमबार सेयर बजारमा नयाँ रेकर्ड, साढे ७ अर्ब बढीकाे कारोबार

काठमाडौं: सोमबार सेयर बजारमा नयाँ अंकको रेकर्ड कायम भएको छ। यसअघि बुधबार २६८१ अंकको नयाँ रेकर्ड बनेकोमा आइतबार २६९१ अंक कायम भएको हो। यस दिन १७ अंकले नेप्से बढेको छ। ७ अर्ब ६१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। बैंकिङ १७, विकास बैंक ३९, निर्जीवन बीमा १६३, उत्पादन १४, माइक्रोफाइनान्स १८८ र जीवन बीमा समूह १९७ अंकले बढेको छ। ब्यापार ६९, होटल तथा पर्यटन ७५, जलविद्युत ४२, अन्य २९ र फाइनान्स समूह १ अंकले घटेको छ।

यस दिन कमाउनेमा लघुवित्तका सेयर लगानीकर्ता अगाडि देखिएका छन्। एनआइसी एसिया लघुवित्त, महिला लघुवित्त, सिन्धु विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै छ्याङ्दी हाइड्रो र ज्योति लाइफ इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशतले बढेको छ। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य प्रतिकित्ता १५४५, महिलाको १०१७, छ्याङ्दीको २४५, ज्योतिको ४६८ रुपैयाँ कायम भएको छ।

गुराँस लघुवित्त, साधना लघुवित्तको मूल्य साढे ८ प्रतिशत धेरैले बढेको छ। समग्र बजार बढ्दा पनि सान्जेन जलविद्युतको मूल्य ४ प्रतिशतले घट्यो। हिमाल दोलखाको मूल्य पनि करिब ४ प्रतिशतले घटेको छ। कारोबारका आधारमा यस दिन एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ। सो बैंकको २५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ३ प्रतिशतले बढेर ९४९ रुपैयाँ कायम भएको छ।त्यस्तै नबिलको २४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य बढेर १३४८ रुपैयाँ कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्