लेटेस्ट न्युज
advertisement1

नेप्से उताचढावकाबीच दोहोरो अङ्कको ‘करेक्सन’, साढे ४ अर्बको कारोबार

Maryada News 2021-10-10 17:27:23
नेप्से उताचढावकाबीच दोहोरो अङ्कको ‘करेक्सन’, साढे ४ अर्बको कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उताचढावकाबीच दोहोरो अङ्कको ‘करेक्सन’ भएको छ । लगातार घटिरहेको बजारमा गत साताको पछिल्लो दुई कारोबार दिनमा नै करिब ११० अङ्कको ‘बाउन्स ब्याक’ पछि लगानीकर्ताहरु केही आशावादी देखिएका छन् । 

दसैँ बिदाका लागि कारोबार बन्द हुने हुदाँ कारोबार एक दिन अगाडि पुनः नेप्सेमा गिरावट हुुँदा दसैँमा पनि सेयर बजार बढ्नेमा लगानीकर्ता विश्वस्त नरहेको भने देखिन्छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्सेमा १८.५३ अङ्कको गिरावट हुँदा २६६२.५८ अङ्कमा बन्द भएको छ ।

नेप्सेमा गिरावट हुँदा बजारमा करिब साढे ४ अर्बको सेयर किनबेच भएको छ । आज नेप्सेमा ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४९ करोड ८० लाख ४४ हजारको कारोबार भएको छ ।

आइतबार किनेको सेयरको भुक्तानी दसैँपछि गर्दा हुने र बिक्री गर्नेले पनि दशैँपछि मात्रै भुक्तानी पाउने छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्