लेटेस्ट न्युज
advertisement1

नेपाल राष्ट्र बैंकले बढायो मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा

Maryada News 2021-09-15 14:08:21
नेपाल राष्ट्र बैंकले बढायो मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा

काठमाडौं: नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने  भुक्तानीको सीमा बढाएको छ । केन्द्रीय बैंकले मंगलबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै मोबाइल बैंकिङमार्फत हुने कारोबारको सीमा बढाएको हो ।

राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा रकम पठाउँदा प्रतिकारोबार ५० हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ रकमान्तर गर्न सकिने गरी सीमा तोकेको छ । यसअघि यस्तो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँमात्र थियो ।

यस्तै वालेटबाट बैंक खातामा पैसा पठाउँदासमेत सोही सीमा लागु हुने केन्द्रीय बैंकले जनाएको छ । एक वालेटबाट अर्को वालेटमा रकम पठाउँदाको सीमामा भने केन्द्रीय बैंकले कुनै परिवर्तन गरेको छैन ।

वालेटमार्फत अर्को वालेटमा पैसा पठाउदा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँ र प्रतिमहिना ५ लाख रुपैयाँ सीमा तोकिएको छ ।
वालेटमा बढीमा ५० हजारसम्म ओभरनाइट मौज्दात राख्न पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअघि यस्तो सीमा २५ हजार मात्रै थियो ।

संस्थागत ग्राहक र एजेन्ट बाहेक प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म मात्रै रकम जम्मा गर्न सकिने व्यवस्थासमेत निर्देशिकामा गरिएको छ । केन्द्रीय बैंकले क्युआर कोर्डमार्फत हुने भुक्तानीको समासमेत बढाएर मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पु¥याएको छ भने इन्टरनेट बैंकिङमार्फत हुने भुक्तानीको सीमा प्रतिदिन २० लाख रुपैयाँ पु¥याएको छ ।

यसअघि मोबाइल बैंकिङमार्फत हुने कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ थियो भने इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा १० लाखमात्र थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्