काठमाडाैंः कोरोना संक्रमण रोकथामका लागि उपत्यकाकाे तीनवटै जिल्लामा लगाइएकाे निषेधाज्ञा आजबाट खुकुलाे बनाइएकाे छ। एक साता लामाे निषेधाज्ञामा अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन आग्रह गरिए पनि अन्य प्रावधानहरू भने खुकुलाे बनाइएकाे हाे।
पछिल्लाे सातायता काठमाडाैं उपत्यकासहित देशैभर सङ्क्रमणदरमा कमी आएकाे तथा गम्भीर प्रकृतिका बिरामी घट्दै गएकाे तथ्यांकका आधारमा उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूकाे बैठकले निषेधाज्ञा खुकुलाे बनाउने निर्णय गरेकाे हाे।
यसपटककाे अवधिमा हार्डवेयर तथा पुस्तक पसल खाेल्न दिइने भएकाे छ। साँझ ४ बजेपछि हार्डवेयर पसल खाेल्न पाइने भएकाे छ। यस्तै बिहान ११ बजेसम्म पुस्तक तथा प्रिन्टिङ प्रेस सञ्चालन गर्न दिइने भएकाे छ।
यसका अलावा खाद्यान्नका पसल बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइने भएकाे छ। यसअघि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइएकाे थियाे भने त्यसभन्दा अघिल्लाे पटककाे निषेधाज्ञामा सञ्चालन गर्नै नपाइने आदेश जारी गरिएकाे थियाे।
यस्तै साँझ ७ बजेसम्म रेष्टुराँ तथा हाेटलहरूले टेकअवे सेवा सञ्चालन गर्न पाउने भएका छन्।
थप गरिएकाे निषेधाज्ञा यही असार ७ गतेसम्मका लागि लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएकाे छ। यस्तै निषेधाज्ञा खुकुलाे पारेसँगै सडकमा मानिसकाे आवतजावत यसअघिभन्दा बाक्लाे भएकाे छ।
प्रतिक्रिया