लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ हुँदै

Maryada News 2021-06-09 12:54:36
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे सुनुवाइ हुँदै

काठमाडाैंः प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज बुधबार सुनुवाइ हुने भएकाे छ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा बिरामी परेपछि स्थगित भएकाे संवैधानिक इजलासकाे सुनुवाइकाे लागि आज पेशी ताेकिएकाे छ। 

यसअघि आइतबार बसेकाे संवैधानिक इजलास 'हेर्दा हेर्दै' मा टुंगिएकाे थियाे।

यस्तै निष्पक्षतामाथि प्रश्न उठेका संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय दीपकुमार कार्की र डा. आनन्द माेहन भट्टराईले आज इजलासमार्फत नै आफ्नाे राय दिने तयारी गरेका छन्। 

प्रधानन्यायाधीश जबराकाे नेतृत्वमा वरिष्ठताका आधारमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेकाे संवैधानिक इजलास आइतबार गठन गरिएकाे थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्