लेटेस्ट न्युज
advertisement1

काेराेनाकाे दोस्रो लहरबाट सबै गाउँपालिकामा असर     

Maryada News 2021-06-07 18:18:51
काेराेनाकाे दोस्रो लहरबाट सबै गाउँपालिकामा असर     

हुम्ला : कोभिड –१९ को दोस्रो लहरबाट सातवटै गाउँपालिकामा असर गरेको छ । जिल्लाका गाउँपालिकामा पिसिआर र एन्टिजेन विधिबाट एक हजार १५५ जनामा परीक्षण गर्दा हालसम्म १६६ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । 
    
सञ्चो हुने ९३ जना, एक जनाको जिल्ला अस्पतालबाट रिफर र एक जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै कोरोना पोजेटिभबाट सक्रिय संख्या ७३ छ ।     
     
रेडक्रसद्वारा जिल्ला स्वास्थ्य कार्यालयलाई मास्क    
 
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले हुम्लालाई २० हजार पाँच सय थान मास्क हस्तान्तरण गरेको छ । जिल्लाका स्वास्थ्यकर्मीलाई पाँच हजार, १० उपशाखा कार्यालयलाई एकएक हजार, सुरक्षामा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई एकएक सय र स्वयंसेविकालाई केही मास्क वितरण गरिएको रेडक्रसका सभापति गणेशबहादुर महतले बताए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्