लेटेस्ट न्युज
advertisement1

कुरकुरे गोदाममा प्रशासनको छापा

Maryada News 2021-10-26 14:44:11
कुरकुरे गोदाममा प्रशासनको छापा

काठमाडौं : म्याद गुज्रिएका सामानमा नयाँ मिति राखेको सूचनाको आधारमा काठमाडौंको प्रशासनले धापासीस्थित एक गोदाममा छापा मारेको छ । धापासीको गोल्डेन नेपाल सप्लायर्समा कुरकुरे लेज विष्कुट हर्लिक्सलगायत नयाँ मिति राख्दै गरेको अवस्थामा १४ लाख बराबरको सामान बरामद गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

पक्राउ पर्नेमा गोल्डेन नेपाल सप्लार्यसका प्रमुख २६ वर्षीय सबिन घिमिरे रहेका छन् । उनलाई प्रशासनले ३ लाख जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । उनका अनुसार उक्त गोदाममा शिल गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्