काठमाडौं : नेकपा एमालेबाट निष्कासित नेता माधव नेपाल समहूका ११ जना विद्यार्थी नेता पक्राउ परेका छन् । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोधमा उत्रिएका उनीहरुलाई बानेश्वरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबै ११ जनालाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।
उनीहरूलाई प्रहरीले कुटपीटसमेत गरेको थियो। अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित महतोको अभिव्यक्तिमाथि विरोध गर्दै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। महतोले मन्त्रीको शपथग्रहणलगत्तै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको बताएका थिए । उक्त अभिव्यक्तिविरुद्ध नेकपाकै नेताहरूले विरोध जनाइरहेका छन्।
प्रतिक्रिया