लेटेस्ट न्युज
advertisement1

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

2021-10-10 18:54:25
लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

काठमाडौं : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार थपिएका ६ मन्त्री र ४ राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मन्त्रीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ दिलाए । यस्तै, राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री कुलप्रसाद केसीले शपथ दिलाए । 

गत साउन  २८ गते मुख्यमन्त्रीको शपथ लिएका केसीले ६० दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै १७ सदस्यीय बनाएका हुन् । लुम्बिनीमा सत्तारुढ दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री, २ राज्यन्त्री, नेपाली कांग्रेसबाट ४ मन्त्री, २ राज्यमन्त्री, जनता समाजवादीबाट ३ मन्त्री, नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री र १ जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्