डाेटीः पछिल्लो केही सातायता डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिए। उनका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको छ। अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ। यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ।
यसअघि सुदूरपश्चिम प्रदेशलाई सबैभन्दा बढी जाेखिम रहेकाे प्रदेशकाे रूपमा हेरिएकाे थियाे। अधिकांश नागरिक राेजगारीका लागि भारतमा रहेकाे र ती फर्किँदा समुदायमा सङ्क्रमण फैलिने भन्दै सुदूरपश्चिमलाई उच्च जाेखिममा राखिएकाे थियाे।
प्रतिक्रिया