लेटेस्ट न्युज
advertisement1

बुधबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिने

Maryada News 2021-01-24 15:42:44
बुधबारदेखि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिने

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आगामी बुधबारदेखि लगाउन सुरु गरिने भएको छ । पहिलो चरणमा फ्रन्टलाइनमा रही काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइकर्मीहरुलाई खोप दिइने बताइएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी गराए । मन्त्री त्रिपाठीकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् । 

उनले कुनै राजनीतिक वा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न समेत आग्रह गरेका छन् ।

भारत सरकारले शुक्रबार मात्र १० लाख डोज कोरोना खोप ‘कोभिशिल्ड’ नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । शनिवार खोप प्रदेश प्रदेशमा पठाइएको थियो भने आगामी १४ गतेबाट खोप लगाउन थालिने छ । एक साताभित्र खोप लगाइसक्नेपनि बताइएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्