लेटेस्ट न्युज
advertisement1

कालेबुङका प्रसिद्ध लेखक तथा नाट्यकर्मी सुनामको निधन 

Maryada News 2021-06-03 19:15:32
कालेबुङका प्रसिद्ध लेखक तथा नाट्यकर्मी सुनामको निधन 

काठमाडौं : भारतकाे दार्जिलिङका प्रसिद्ध लेखक तथा नाट्यकर्मी शशी सुनामको निधन भएको छ। दार्जिलिङ जिल्ला कालेबुङका नाट्यकर्मी सुनाम त्यस भेगका लाेकप्रिय लेखक तथा नाट्यकर्मी रहेको भन्दै नाट्य भूषण सीके श्रेष्ठले गहिरो शोक प्रकट गरेका छन्। मर्यादा न्यूजसँग कुराकानी गर्दै नाट्य भूषण श्रेष्ठले भने, 'नाट्य जगतका एक परिचित प्रतिष्ठित नाम शशि सुनाम : गम्भीर, मृदुभाषी, अनि थिएटर कलाप्रति एक इमानदार प्रतिबद्ध कलाकार हुन् ।

एघार वर्षसम्म लगातार चलेको मेरो नाटक 'अनि भालेमुङ्ग्रो रून्छ' को जेठो छोरो, 'मुगल साम्राज्यमा एक दिन'को वजीर अनि 'मलाई सब थाहा छ' का जे.बी. जासुस... हर भूमिकामा उत्कृष्ट अभिनय नाट्य भूषण श्रेष्ठले उल्लेख गरेका छन्  ।' अग्रज  सुनाम एक शिल्पी मात्र नभएर एक सफल नाटककार, कवि, कथाकार अनि गीतकार पनि थिए हार्दिक श्रद्धान्जली ।' उनका 'काली खेती' र 'साइनोमा जीवन रेखा' कृति समेत प्रकाशित छन् ।

सुनामको चर्चित नाटक 'सहनाई टुहरो भएपछि' त्यस भेगमा जन मनमा रहेको नाटक थियो, अग्रजहरुले सामाजिक सञ्जालमा उनका कृतिहरु सम्झदै लेखेका छन्, नाट्य जगतले मात्रै होईन समाजले एउटा अब्बल र मिलनसार व्यक्तित्व गुमाएको छ, यो अपूरणीय क्षतिको पूर्ती हुन सक्दैन, शुभेच्छुकहरुले श्रद्धा व्यक्त गर्दै उल्लेख गरेका छन् । उनको निधन हृदयघातबाट भएको शमशेर अलीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

80%

दुःखी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्