काठमाडाैंः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्ष झैं आन्तरिक मूल्यांकन विधिबाटै हुने भएकाे छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हाे।
सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनकाे विवरण पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने गरी प्रकृया ताेकिएकाे छ। साेही प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्ने जनाएकाे छ।
काेराेनाकाे दाेश्राे लहर तत्काल नराेकिने भएकाले भाैतिक तथा अन्य विधिबाट परीक्षा गर्नु अनुकुल नभएकाले याे विधि अपनाइएकाे हाे।
प्रतिक्रिया