लेटेस्ट न्युज
advertisement1

लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा उपनिर्वाचन: भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक हुने

Maryada News 2021-05-31 10:01:08
लुम्बिनी प्रदेशमा आज राष्ट्रिय सभा उपनिर्वाचन: भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक हुने

दाङः लुम्बिनी प्रदेशमा आज राष्ट्रियसभा उपनिर्वाचन हुँदै छ। माओवादी केन्द्रबाट विजयी भएका अर्घखाँचीका चन्द्रबहादुर खड्का पछिल्लाे समय एमाले प्रवेश गरेका कारण पार्टीले निलम्बन गरेपछि रिक्त रहेको पदमा आज निर्वाचन हुन लागेको हो।

निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्। पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुुन्।

उपनिर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख गरी दुई सय १७ सदस्य गरी जम्मा तीन सय मतदाताले मतदान गर्न पाउने छन्। आइतबार जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि प्रदेशसभामा ८३ सदस्य भएको हो।

यसअघि ७९ प्रदेशसभा सदस्यले मतदान गर्न पाउने मतदाता नामावली सार्वजनिक गरिएको थियो। निर्वाचन आयोगले आइतबार साँझ जसपाका पदमुक्त विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय, कल्पना पाण्डेय लम्साल र सुमन शर्मा रायमाझीलाई मतदान गर्ने अधिकार दिएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए।

उनका अनुसार केन्द्रीय निर्वाचन आयोगले जसपाबाट मन्त्री बनेका चार सदस्यलाई पनि पूरक मतदाताको अधिकार दिएको हो।

मतदान आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ।

यस्तै आज हुने निर्वाचनकाे मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ। कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए। 

निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको भट्टराईले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्