काठमाडौं : सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ७० औँ जन्मदिनमा सर्वोच्च अदालतको फैसला आएको हो । ओलीको असंवैधानिक कदम भन्दै सर्वत्र विरोध भइरहँदा सर्वोच्चको यस्तो फैसला आएपछि ओली अप्ठ्यारोमा परेका छन् । प्रधानमन्त्री ओलीका जन्मदिनमा सर्वोच्चको यस्तो फैसलाको संयोग जुरेको छ ।
प्रधानमन्त्री ओली बालुवाटारमा केक काटेर जन्मदिन मनाउँदै रमाइलो गरिहरहँदा सर्वोच्च अदालतको फैसलाले झड्का दिएको छ । कुनै समय नेपाली जनताको नजरमा राजनेताको रुपमा हेरिएका ओली असंबैधानिक कदमका कारण भिलेन राजनीतिक भिलेन बनेर बालकोट फर्किने छन् ।
सर्वोच्चको फैसलापछि ओलीले वास्तवमै संविधानको हत्या गर्न खोजेको पुष्टि भएको छ । यसपछि पनि ओली राजनीनिबाट सन्यास लिने छैनन् तर उनको राजनेताका रुपमा कमाएको छवि भने समाप्त भएको धेरैले अनुमान गरेका छन् ।
प्रतिक्रिया