काठमाडौं : नेकपा माधव-प्रचण्ड समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई प्रदेश सभा भंग गरेर देखाउन चुनौती दिएका छन् । मुख्यमन्त्री राईले नचाहेर पनि प्रदेश सभा भंग हुन सक्ने भन्दै अभिव्यक्ति दिएपछि आचार्यको यस्तो अभिव्यक्ति आएको हो । मुख्यमन्त्री राई केपी शर्मा ओली नेतृत्वको नेकपा निकट मानिन्छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आचार्यले मुख्यमन्त्रीले राईले चाहदैमा प्रदेशसभा भंग हुन नसक्ने बताए । उनले भने, ‘मुख्यमन्त्रीसँग तागत छ भने प्रदेशसभा भंग गरेर देखाउनुहोस्’ आचार्यले भने, ‘धम्की दिने कुचेष्टा नगरे हुन्छ ।’
दुई महिनादेखि मुख्यमन्त्री राई अविश्वासको प्रस्तावबाट भागिरहेको बताउँदै अब भाग्न नसक्ने बताएका छन् । आचार्यले कांग्रेस र जनता समाजवादी पार्टीपार्टी लगायतले आफूहरुलाई साथ दिने दाबी गर्दै उनले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पास हुने बताए ।
प्रतिक्रिया