बुटवलः लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। आफूविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुने एक दिन अघि उनले उनले राजीनामा दिएका हुन्।
आइतबार बिहान उनले प्रदेश प्रमुख धर्मनाथ यादवसमक्षराजीनामा पेस गरेका हुन्। उनकाे राजीनामालाई प्रदेश प्रमुखले स्वीकृत गरिसकेका छन् भने अर्को सरकार नबनुन्जेल पोखरेलले नै मुख्यमन्त्रीको कार्यभार सम्हाल्ने छन्।
आइतबार लुम्बिनी प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रस्तुत हुने र सोमबार मतदान हुने तयारी रहेकाे थियो।
प्रतिक्रिया