काठमाडाैंः नेपालले इराकविरुद्धकाे मैत्रीपूर्ण फुटबल खेलमा पराजय व्यहाेरेकाे छ। गए राति भएकाे खेलमा नेपाल इराकसँग ६-२ गाेल अन्तरले पराजित भएकाे हाे।
इराककाे बसरास्थित अल फायना रंगशालामा भएकाे खेलमा नेपालकाेतर्फबाट मनिष डाँगीले गाेल गरेका थिए। उनकाे याे पहिलाे अन्तराष्ट्रिय खेल र गाेलसमेत हाे। यस्तै नेपालकाे खातामा रहेकाे अर्काे गाेल भने आत्मघाती गाेल हाे।
नेपालका अग्रपङ्तीका खेलाडी अञ्जन विष्टले प्रहार गरेकाे बललाई इराकी डिफेन्डर अहमद इब्राहिम खलाफले क्लियर गर्न खाेज्दा बल गाेल पाेस्टमा छिरेकाे थियाे।
कुनै समय नेपाल २-१ काे स्थितीमा रहेकाेमा खेलमा संयम अपनाउन नसक्दा ६-२ काे पराजय व्यहाेर्न पुगेकाे हाे। यद्यपी आफूभन्दा निकै बलियाे टाेलीसँग यत्तिकाे प्रदर्शन देखाउनु राम्राे संकेत रहेकाे खेल जानकारहरूले बताएका छन्।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीकाे याे पहिलाे खेल हाे। इराकविरुद्धकाे खेल अघि उनले नेपाली फुटबल टाेलीमा व्यापक परिवर्तन गरेका थिए। टाेलीमा गाेलरक्षक किरण चेम्जाेङ र राेहित चन्दमात्र सिनियर छन्।
यस्तै खेलपछि उनले नेपाली फुटबल फ्यानहरूलाई धैर्य गर्न आग्रह गरेका छन्। नेपाली टाेलीले रा्म्राे नतिजा ल्याउनेमा आफू विश्वस्त भएकाे पनि उनले बताएका छन्।
खेलपछि उनले भने- ‘सबैसँग माफी माग्छु, राम्रो नतिजा भएन। हारको दोष म लिन्छु, खेलाडीलाई दबाब नदिनुस्। केही समय पर्खनुस्, हामी राम्रो गर्छौं।’ यसअघि नै प्रशिक्षक अलमुताइरीले नेपालले इराकविरुद्ध नतिजाका लागि नभएर अनुभवका लागि खेल्ने बताएका थिए।
याेसँगै नेपालले इराकसँग चार खेल खेल्दा चारवटैमा पराजय व्यहाेरेकाे छ। अब नेपाल विश्वकप छनाैटका खेलहरू खेल्न स्थलमार्ग हुँदै कुवेत जाँदै छ। प्रशिक्षक अलमुताइरीले आफूहरू अब विश्वकप छनाैटका खेलहरूका लागि तयार भएकाे पनि जानकारी दिए।
प्रतिक्रिया