लेटेस्ट न्युज
advertisement1

आईपीएलमा पञ्जाब किंग्सको गुजरात टाइटन्सविरूद्ध ११ रनको जीत

Maryada News 2025-03-26 07:24:38
आईपीएलमा पञ्जाब किंग्सको गुजरात टाइटन्सविरूद्ध ११ रनको जीत

एजेन्सी, इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मङ्गलबारराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध ११ रनको जीत निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा पञ्जाबले २४३ रनको चुनौती दिएको थियो, जसको जवाफमा गुजरात टाइटन्स ५ विकेट गुमाएर २३२ रनमा समेटियो।

गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाउँदै आकर्षक प्रदर्शन गरे। उनले ४१ बलमा ५ चौका र ६ छक्का हाने।

जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए। शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे।

कप्तान शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनको योगदान गरे।

पञ्जाब किंग्सको बलिङतर्फ अर्शदीप सिंहले २ विकेट लिएका थिए भने मार्को जनसेन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले ५ विकेट गुमाएर २४३ रन बनाएको थियो। पञ्जाबका कप्तान श्रीयास ऐयरले सर्वाधिक ९७ रन बनाए।

उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। ओपनर प्रियान्स आर्याले २३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए।

शशांक सिंह १६ बलमा ६ चौका र २ छक्का हानेर नट आउट ४४ रन बनाए।

गुजरात टाइटन्सको बलिङतर्फ साइ किशोरले तीन विकेट लिए भने कगिसो रबाडा र रशिद खानले १/१ विकेट लिएका थिए।

अब आइपिएलको अर्को खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्