काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा आज राती दोस्रो स्थानको होडमा रहेको रियल मड्रिडले गेटाफेको सामना गर्दैछ । आज राती पौने २ बजे हुने एकमात्र खेलमा रियल मड्रिड र गेटाफे मैदान उत्रन लागेका हुन् । आफ्नो घरेलु मैदानमा रियल मड्रिडले गेटाफेलाई हराउन सके तालिकाको दोस्रो स्थानमा उक्लनेछ ।
अहिले समान ४३ अंक रहेपनि दोस्रो स्थानमा बार्सिलोना रहेको छ । यी दुई क्लबबीच दोस्रो स्थानका लागि तिब्र प्रतिस्पर्धा भइरहेको छ । पछिल्ला पाँच खेलमा रियल मड्रिडले तिन खेलमा मात्र जीत निकाल्न सकेको छ । यस्तै सुरुवातमा खराब लयमा गुज्रिएको बार्सिलोनाले पछिल्ला दिनमा भने राम्रो प्रदर्शन गर्दै आएको छ ।
बार्सिलोनाले आफ्ना पछिल्ला पाँच खेल सबैमा जीत निकालेको छ । यस्तै रियलविरुद्ध मैदान उत्रन लागेको गेटाफेले जारी सिजन खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । तालिकामा उसले जम्मा २४ अंक मात्रै जोडेको छ भने १३ औँ स्थानमा रहेको छ । जारी सिजन एथ्लेटिको मड्रिड ५१ अंकका साथ शिर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया