काठमाडाैंः कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को मुख्य कार्यकारी निर्देशकमा पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्काे बैठकले शर्मालाई कार्यकारी निर्देशक नियुक्त गरेको हाे।
गत जेठ ७ मा सरकारले काेभिड-१९ नियन्त्रणसम्बन्धी नयाँ अध्यादेश जारी गरेसँगै सीसीएमसीकाे संरचनामा परिवर्तन भएकाे थियाे। नयाँ संरचनाअनुसार सीसीएमसी अब प्रधानमन्त्री नेतृत्वकाे कोभिड–१९ निर्देशक समिति मातहत हुने भएकाे छ।
सेनाका पूर्वरथी शर्माले यसअघि नेपाली सेना र माओवादी सेनाको समायोजन गर्न बनेको विशेष समितिको संयोजक भएर पनि काम गरिसकेका छन्। उनी नयाँ संरचनाअनुसार सीसीएमसीको प्रमुखका साथै निर्देशक समितिको सदस्य सचिवको रुपमा समेत रहने छन्। सीसीएमसीको प्रमुख निर्देशक समितिको सदस्य सचिव हुने नयाँ व्यवस्था रहेकाे छ।
प्रतिक्रिया