लेटेस्ट न्युज
advertisement1

विधि पुर्‍याउन रातो मच्छिन्द्रनाथको रथ तानिँदै

Maryada News 2021-05-15 13:23:13
विधि पुर्‍याउन रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडाैंः वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज शनिबार तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनअनुसार अपराह्न साँढे २ बजे रथ तानिँदै छ।

पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म रथ तानेर विधि मात्रै पुर्‍याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए। साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए। 

ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए। कोरोना महामारीपूर्व आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो।

गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्