लेटेस्ट न्युज
advertisement1

३२ कराेड किलाेमिटर यात्रा गर्दै मङ्गल ग्रहमा अवतरण भयाे चिनियाँ यान

Maryada News 2021-05-15 10:14:19
३२ कराेड किलाेमिटर यात्रा गर्दै मङ्गल ग्रहमा अवतरण भयाे चिनियाँ यान

एजेन्सीः चीनकाे अन्तरीक्ष यान मङ्गल ग्रहमा सफल अवतरण भएकाे छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार ६ पाङ्ग्रे अन्तरीक्ष यान 'जुरङ' शनिबार बिहान मङ्गल ग्रहमा अवतरण गरेकाे हाे। 

याेसहित मङ्गल ग्रहमा आफ्नाे यान स्थापित गर्ने चीन दाेश्राे मुलुक बनेकाे छ। यसअघि अमेरिकाले मात्र मङ्गल ग्रहमा यान स्थापित गरेकाे बिबिसीले जनाएकाे छ। 

जुरङ मङ्गल ग्रहकाे 'युटाेपिया प्लानिसिया' भन्ने स्थानमा अवतरण गरेकाे छ। याे मङ्गल ग्रहकाे उत्तरी गाेलार्धमा रहेकाे विशाल भूमी हाे। यानलाई सफल अवतरण गराउन प्राेटेक्टिभ क्याप्सुल, प्यारासुट र रकेट प्लाटफर्मकाे सञ्याेजन गरिएकाे थियाे। 

अवतरणकाे प्रकृतिलाई मध्यनजर गर्दा यानकाे सफल अवतरणलाई उल्लेखनिय उपलब्धि मानिएकाे छ।

जुरङकाे अर्थ 'आगाेकाे देवता' हाे। गत फेब्रुअरीमै टायनवेन-१ अर्बिटरले जुरङलाई मङ्गल ग्रहकाे आकाशमा पुर्‍याएकाे थियाे। यद्यपि युटाेपियाकाे सर्वेक्षण गर्ने र सफल अवतरणका लागि सुरक्षित स्थान खाेज्न समय लागेपछि जुरङ शनिबार झण्डै तीन महिनापछि अवतरण गरेकाे हाे। 

पृथ्वीबाट मङ्गल ग्रहकाे दूरी करिब ३२ कराेड किलाेमिटर रहेकाे छ। जुरङले पठाएकाे रेडियाे सन्देश पृथ्वीमा आइपुग्न करिब १८ मिनेट लाग्दछ। यसै कारण जुरङकाे हरेक गतिविधि स्वायत्त रुपमा सञ्चालन गरिनु पर्दछ। 

करिब दुई सय ४० केजी वजन भएकाे यस यानमा उर्जाका लागि साेलार प्यानल जडान गरिएकाे छ। वैज्ञानिकहरूले यस यानबाट अब कम्तिमा मङ्गल ग्रहकाे ९० दिनकाे सेवा लिने भएका छन्। मङ्गल ग्रहमा एकदिन भनेकाे २४ घण्टा ३९ मिनेट हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्