लेटेस्ट न्युज
advertisement1

लञ्च भयो सोनीको ए वान, मूल्य झण्डै साढे सात लाख रूपैयाँ

Maryada News 2021-02-01 13:21:41
लञ्च भयो सोनीको ए वान, मूल्य झण्डै साढे सात लाख रूपैयाँ

काठमाडौं- सोनीले आफ्नो फ्ल्यागसिप क्यामेरा ए वान सार्वजनिक गरेको छ । गत साता सार्वजनिक भएको सोनी ए वान, सोनीको लोकप्रिय अल्फा भेरियन्टको क्यामेरा हो । 

यसमा भएको ५०.१  मेगापिक्सल सेन्सरले ३० फ्रेम पर सेकेण्डमा फोटो कैद गर्न सक्छ । यस्तै ए वान मिररलेस क्यामेरा भएकाले यसले एट के ३० पि, र फोर के एक सय २० के मा भिडियोसमेत खिच्न सक्छ । 

यसको अर्काे विशेषता भनेको यसको अटो फोकस टेक्नोलोजी हो । सोनी ए वानमा हाइब्रिड अटोफोकस रहेको छ । सात सय ५९ पोइन्ट फेज डिटेक्सन अटोफोकस र चार सय २५ पोइन्ट कन्ट्रास्ट डिटेक्सन अटोफोसक रहेको ए वानमा आइ ट्रयाकिङ अटोफोकसपनि निकै उच्चस्तरको रहेको कम्पनीको भनाई छ ।

३५ एमएमको फूल फ्रेम सेन्सर भएको ए वानले एउटा ब्याट्री फूल चार्ज गरेर खिच्दा भ्यूफाइन्डर क्लिकमा चार सय ३० र लाइभ भ्यूमा पाँच सय ३० सट खिच्न सक्छ । यसको स्क्रिन साइज २.९५ इन्चको रहेको छ । 

ए वानको लेन्स माउन्ट इ माउन्टको रहेको छ । अर्थात् सोनीको अन्य लेन्स यस क्यामेरामा सपोर्ट गर्नेछ । अर्काे खुसीको कुरा त यसले एस डि कार्ड नै सपोर्ट गर्नेछ । निकोन र सोनीले केही अगाडी एक्स एच डि कार्डमात्र सपोर्ट गर्ने क्यामेरा ल्याएका थिए । खरिदकर्ताहरूको ठूलो जमातले यसको विरोध गरेपछि सोनी र निकोन पुरानै एस डि कार्डमा फर्किएका छन् ।

क्यामेराको थप विशेषता हेर्न चाहेमा सोनीको यो अफिसियल साइटमा क्लिक गरि हेर्नसक्नुहुनेछ । 

सोनी ए वान फ्ल्यागसिप क्यामेरा भएकाले यसको मूल्य कम्पनीले ६ हजार चार सय ९९ डलर तोकेको छ । नेपाली बजारमा यसको मूल्य सार्वजनिक नभइसकेपनि झण्डै साढे सात लाख पर्ने मर्यादान्यूजको अनुमान छ । 

 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्