लेटेस्ट न्युज
advertisement1

जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्योे    

Maryada News 2021-04-24 21:53:30
जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हट्योे    

वासिङ्टन : रगत जम्ने खतरा देखिएको विवरणहरूपछि अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध शनिबारदेखि हटाइएको छ । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपबारे आएका नकारात्मक समाचारपछि उक्त खोप प्रयोगमा रोक लगाइएको थियो । अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उक्त खोपमाथिको ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो ।     
     
जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएपछि गत अप्रिल १४ देखि खोप प्रयोगलाई स्थगित गरिएको थियो । समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला रहेका र उनीहरुमध्ये तीनजनाको मृत्यु भएको थियो ।     
     
युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासँगै नेदरल्याण्ड्समा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा एक करोड खोपको मात्रा तत्कालै अमेरिका पठाइने पनि जोन्सन एण्ड जोन्सन कम्पनीले जनाएको छ । अमेरिकामा जोन्सनको खोपको प्रयोगबाट हुने हानी अत्यधिक कम भएको र यसबाट लाभ लिनेको सङ्ख्या धेरै भएकोले खोप रोक्न नहुने निश्कर्ष निकालिएको अमेरिकी ‘फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन’ ले उल्लेख गरेको छ ।     
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्