काठमाडौं : कोरोना कहरले जनजीवन नै अस्तव्यस्त पारिरहेका बेला विवेकशील साझा पार्टीले आफ्नो गतिविधि र अभियानलाई रचनात्मक शैलीले जारी राखेको छ । कोरोना कहरमा अत्यन्त निम्न आय भएका बिरामीहरुलाई अस्पतालमै तातो भात अभियान शुरु गरेर गण्डकीको पोखराबाट सुरु सहायता अभियान, बागमतीको काभ्रे,काठमाडौं उपत्यका हुँदै कर्णालीको सुर्खेत पुगेको छ ।
बागमतीमा न्यून आए भएकाहरुलाई खाद्यान्न सहयोग अभियान जारी छ भने हालै सुर्खेतमा मिठो भोजन अभियान सुरु भएको छ । रोग र भोकमा, विवेकशील साझा नागरिकको साथमा भन्दै विवेकशील साझा पार्टीका अगुवा र स्वयंसेवकहरु स्वास्थ्य मापदण्ड पालना गरी राहत तथा सहयोगमा जुटेका हुन् ।
'विवेकशील साझा बागमती प्रदेशले अति विपन्न, दैनिक ज्यालादारी काम गर्ने, मजदुर, श्रमिक,अपाङ्ग अशक्त लगायतका नागरिकहरुलाई लक्षित खाद्यान्न वितरण अभियान सञ्चालन गरिरहेको नेता सुरेन्द्र रानाभाटले बताए । यो राज्यले गर्नु पर्ने राहतको काम हामीले गरेर राज्यलाई जिम्मेवार बनाउने एउटा प्रयास हो', नेता रानाभाटले भने । कर्णालीको सुर्खेतमा पनि विशेकशील साझा पार्टीले अमृत भोजन अभियान शुरु गरेको छ ।
विवेकशील साझा पार्टी कर्णाली प्रदेश अभियान बिभागको अगुवाइमा आज बिहीबारबाट प्रदेश आयुर्वेद औषधालय वीरेन्द्रनगरस्थित कोभिड आइसोलेसनमा रहेका बिरामी तथा कुरुवाका निम्ति अमृत भोजन अभियान सुरु गरिएको विवेकशील साझा युवा संगठन कर्णालीकी नेता विनिता बोगटीले जानकारी दिइन्।
लकडाउनका कारण यातायात सेवा बन्द छ। अस्पताल वरपरका होटल रेष्टुरेन्ट पनि बन्द छन्। विभिन्न जिल्लाबाट स्वास्थ्य उपचार गर्न आएका बिरामी र कुरुवालाई खानाको समस्या परेको जानकारी आएपछि कोरोना सङ्क्रमित र कुरुवाका लागि आइतबारदेखि तातो भात अभियान सुरु गरेको विवेकशील साझा पार्टीका प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्काले जानकारी दिए। विवेकशील साझा पार्टी महानगर कमीटीद्वारा यो अभियान चलाइएको हो। गण्डकीको तनहुमा पनि खाद्यान्न अभाव परिपूर्ति अभियान जारी राखिएको पार्टीका अर्का अगुवा पोखरा महानगर समिति संयोजक अजय श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया
Pratibhanjali Pokhrel
2021-05-20 19:50:05Sarai khusai lagiyo
Pratibhanjali Pokhrel
2021-05-20 19:50:06Sarai khusai lagiyo