काठमाडौं : न्यायका लागि मानव अधिकार सञ्जालले कोरोना संक्रमित बिरामीका लागि तत्काल अक्सिजन उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सञ्जालले अक्सिजनको आपूर्ति अवरुद्ध गर्नेहरुलाई पनि कारवाही गर्न माग गरेको छ ।
बिहीबार सञ्जालका संयोजक ईन्द्र प्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजनको अभावमा विरामीहरुले ज्यान गुमाउन परेको, अस्पतालहरुले भर्ना नलिएको र विरामीहरु उपचारविहिन मृत्युवरण गर्न बाध्य भइरहेको दुखद समाचारहरुप्रति यस संजालको गम्भीर ध्यान आकर्षण भएको छ ।'
प्रतिक्रिया