लेटेस्ट न्युज
advertisement1

मेलम्चीकाे पानी वितरणमा भएका चुहावट मर्मत गर्दै केयुकेएल

Maryada News 2021-04-09 14:38:07
मेलम्चीकाे पानी वितरणमा भएका चुहावट मर्मत गर्दै केयुकेएल

काठमाडौंः पानी वितरणका क्रममा चुहावट भएका स्थानमा काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मर्मत कार्य गर्न थालेकाे छ। तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर मर्मत थालिएकाे केयुकेएलले जनाएको छ।

अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिएकाे केयुकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए। उनकाअनुसार मर्मतका लागि सडक विभाग र महानगरपालिकाले चाँडो स्वीकृति दिँदा समस्या तत्काल समाधान गर्न सकिनेछ।

विभिन्न स्थानमा साना समस्या देखिरहेको भए पनि ठूला समस्या नभएको उनले बताए। उनले भने, “बिहानदेखि साँझसम्म पानी वितरण गर्ने र रातमा मर्मत भइरहेको छ।”

हाल दैनिक साढे आठ करोड लिटर पानी आइरहेकामा चक्रपथभित्र अधिकांश स्थानमा केयुकेएलले वितरण गरिरहेको छ। अहिले कतिपय घरमा राम्राे पानी आएको त कुनै घरमा राम्राे नआएको भन्ने गुनासो आइरहेको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए।

हाल सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रमध्ये एउटा केन्द्रमार्फत साढे आठ करोड लिटर पानी ल्याइएको हो। अर्काे प्रशोधन केन्द्र परीक्षण गरेर सञ्चालन गर्दा उपत्यकामा दैनिक १७ करोड लिटर पानी आउनेछ। मेलम्ची खोलाको पानी कीर्तिपुर, ठिमी र भक्तपुरमा पनि जाने लिमिटेडले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्