लेटेस्ट न्युज
advertisement1

दीपेश र जेशिका ब्याडमिन्टन च्याम्पियन

Maryada News 2021-02-14 16:58:43
दीपेश र जेशिका ब्याडमिन्टन च्याम्पियन

काठमाडौँ : योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपीएफ क्लबका दीपेश धामी र जेशिका गुरुङले जितेका छन् । चितवनमा सम्पन्न  प्रतियोगिता अन्तर्गत दीपेशले प्रिन्स दाहाललाई २१–१९ र २२–२० को सेटमा हराउँदै उपाधी उचालेका हुन् । सिरहाको गोलबजारमा भएको १० औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमा दीपेश प्रिन्ससंग फाईनलमा पराजित भएका थिए ।

यस्तै जेशिकाले नेपाली सेनाकी रशिला महर्जनलाई २१–१८, १७–२१, २१–१७ ले हराउँदै उपाधि उचालिन् । पुष्पलाल स्मृती याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिमामा पनि जेशिकाले रशिलालाई नै हराएर उपाधि जितेकी थिइन् ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तथा पुरुष एकल स्पर्धाका उपाधि बिजेता खेलाडीले जनही १ लाख १५ हजार रुपैया पुरस्कार पाए । यस्तै दोश्रोले ५५–५५ हजार र तेश्रो हुने दुईले १५–१५ हजारका दरले प्राप्त गरेका छन् ।

शिर्ष २० बरियता भित्रका खेलाडीहरु विचको पुरुष युगलतर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी बिजयी भयो । नविन र रत्नको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र गौतम कठायतको जोडीलाई २१–११ र २१–१५ ले पराजित गरेको हो । विजेताले ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८–८ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

यसैगरि पुरुष युगलको उपाधि सेनाका सुरोज महर्जन र पविन लिनथेपले जिते । महर्जन र लिनथेपको जोडीले फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५ र २१–१९ ले पराजित गर्दै राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बाहेकको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् । बिजयी खेलाडीहरुले ५० हजार उपबिजेताले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७ – ७ हजार पुरस्कार प्राप्त गरे ।

ब्वाईज यु–१७ तर्फ सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधी उचाले । गल्र्सतर्फ सेनाकी रशिला महर्जनले कैलालीकी प्राथना देउवालाई २१–१५ र २१–१० ले पराजित गर्दै उपाधि उचालिन् ।उपाधि विजेतालाई ३० हजार उपबिजेतालाई १५ हजार र तेश्रो हुनेले ५ –५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

यस्तै, ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले उपाधी चुमे । यो जोडीले बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीलाई १२–२१, २१–१५ र २१–१४ ले पराजित गरे । बिजयी खेलाडीहरुले नगद ३० हजार, उपबिजेताले १५ हजार र तेश्रो हुनेले ५–५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले उपाधि जित्यो । होना र कपालीको जोडीले कैलालीका बिरेन्द्रसिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१–१३ र २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । बिजयी खेलाडीहरुले नगद ३० हजार प्राप्त गरे । प्रतियोगिताको लागि करिब ४० लाख रुपैयाँ लागत लागेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्