लेटेस्ट न्युज
advertisement1

फिफा बरियतामा ६८ औं स्थानमा रहेकाे इराकसँग नेपालले खेल्ने पक्का

Maryada News 2021-04-30 09:47:41
फिफा बरियतामा ६८ औं स्थानमा रहेकाे इराकसँग नेपालले खेल्ने पक्का

काठमाडाैंः नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएकाे छ। आगामी मे महिनाकाे २९ तारिकमा इराककै बासरा अन्तराष्ट्रिय रंगशालामा खेल हुने निश्चित भएकाे हाे। 

खेल इराककै प्रस्तावमा हुन लागेकाे एन्फाले जनाएकाे छ। विश्वकप फुटबलकाे छनाैटकाे तयारीमा रहेकाे इराकले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न एन्फासमक्ष प्रस्ताव राखेकाे थियाे। यही खेलमार्फत अब्दुल्लाह अलमुताइरीले नेपालको नयाँ प्रशिक्षककाे रुपमा डेब्यू गर्दैछन्।

फिफा बरियतामा नेपाल र इराकबीच ठूलाे अन्तर रहेकाे छ। इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा रहेकाे छ।

नेपाल र इराकबीच हालसम्म तीन पटक खेल भएकाे छ भने तीनै पटक इराक विजयी भएकाे छ। नेपाल र इराकबीच अन्तिम पटक सन् २००१काे विश्वकप छनाैटमा भेट भएकाे थियाे। त्यस खेलमा नेपाल इराकसँग ४-२ ले पराजित भएकाे थियाे। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्