एजेन्सी : भारतको तमिलनाडुस्थित एक पटाका उद्योगमा आगलागी हुँदा ११ जना कामदारको मृत्यु भएको छ । विरुधुनगर जिल्लाको एक पटाका उद्योगमा विस्फोट हुँदा अन्य ३६ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
साथै उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २–२ लाख र घाइते परिवारलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । india
प्रतिक्रिया