लेटेस्ट न्युज
advertisement1

भारतमा काेराेना संकटः एकैदिन सवा लाखभन्दा बढीमा संक्रमण पुष्टि

Maryada News 2021-04-08 11:09:17
भारतमा काेराेना संकटः एकैदिन सवा लाखभन्दा बढीमा संक्रमण पुष्टि

एजेन्सीः भारतमा काेराेना भाइरस महासंकटकाे रुपमा देखा पर्न थालेकाे छ। बुधबारमात्रै भारतमा एक लाख २६ हजार तीन सय १५ नयाँ संक्रमण पुष्टि भएकाे थियाे।

यस्तै बुधबारकै तथ्यांकअनुसार ६ सय ८४ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे थियाे। एकै दिन यति धेरै जनसंख्यामा संक्रमण देखिनु हालसम्मकै उच्च रेकर्ड रहेकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

भारतमै पनि महाराष्ट्र राज्य अत्याधिक प्रभावित भएकाे छ। बुधबार देशैभर एक लाख २६ हजार तीन सय १५ नयाँ संक्रमण देखिँदा महाराष्ट्रमामात्रै ५९ हजार नाै सय सात संक्रमण फेला परेकाे थियाे। जुन कुल संक्रमणकाे लगभग ५० प्रतिशत हुन आउँछ। महाराष्ट्रमा बढ्दाे संक्रमणका कारण केन्द्रबाट विज्ञ टाेली पठाउने क्रम जारी रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा हालसम्म काेराेना संक्रमितकाे कुल संख्या एक कराेड २६ लाखभन्दा बढी भएकाे बताइएकाे छ। त्यसमा पनि सक्रिय केसकाे संख्या नाै लाखभन्दा ज्यादा रहेकाे छ। 

यस्तै बढ्दाे काेराेना संक्रमणकाे विषयमा आज भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले राज्यका मुख्यमन्त्रीहरूसँग कुरा गर्ने भएका छन्। केन्द्रीय स्वास्थ्यमन्त्री, केन्द्रीय गृहमन्त्रीसमेत अन्य उच्च पदस्थ कर्मचारी सम्मिलित बैठकले बढ्दाे काेराेना संकटलाई कसरी सम्बाेधन गर्ने भन्ने विषयमा छलफल गर्ने बताइएकाे छ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्