लेटेस्ट न्युज
advertisement1

पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको निधन

Maryada News 2021-06-07 11:37:27
पाकिस्तानमा दुईवटा रेल जुधे, कम्तीमा ३० जनाको निधन

एजेन्सीः पाकिस्तानको दक्षिणी क्षेत्रमा सोमबार बिहानै दुई वटा एक्सप्रेस रेल जुधेर भएको दुर्घटनामा कम्तीमा ३० जना यात्रुको ज्यान गएकाे छ। स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मी एवं स्थानीयले रेलका डब्बामा च्यापिएका घाइते एवं मृतकका शव बाहिर निकालेका छन्।

मिल्लात एक्सप्रेस रेलका डब्बाभित्र अझै पनि १५ देखि २० जना यात्रु फसेका बताइएको छ। सिन्ध प्रान्तको घोट्की जिल्लाका प्रहरी प्रमुख उमर टुफैलले डब्बाभित्र थुनिएका व्यक्तिहरू उद्धारका लागि चिच्याएको सुनिएको बताउँदै ठूला मेसिनको सहायताले भग्नावशेष पन्छाउने प्रयास भइरहेको जानकारी दिए।

मिल्लात एक्सप्रेस रेल आफ्नो लिकबाट बाहिरिएसँगै सर सइद एक्सप्रेस रेलले ठक्कर दिएको घोट्कीका उपआयुक्त उस्मान अब्दुल्लाहले बताए। उनले मिल्लात रेल कसरी लिकबाहिर उछिट्टियो भन्ने बारेमा अनुसन्धान शुरु भएको जानकारी दिए।

रेलवे अधिकारीहरूका अनुसार दुबै रेलमा गरी करिब एघार सय यात्रु सवार थिए। घाइते कतिपय यात्रुको स्वास्थ्य अवस्था निकै नाजूक रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुको भनाइँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्