काठमाडौं: भारतमा सामूहिक बलात्कारपछि हत्या गरिएकी बर्दियाकी १२ बर्षीया किशोरी सुमित्रा विकको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा यस क्रूर र अमानवीय घटनामा निष्पक्ष छानविनसहित कानुनी कारबाहीको माग गरिएको छ। आयोगले बिहीबार नै भारतको मानव अधिकार आयोगलाई पत्राचार गरेको उल्लेख गर्दै पीडित परिवारलाई आवश्यक क्षतीपुर्तिको लागि पहल गरिदिन अनुरोध गरेको छ।
यस्तै आयोगले पीडित परिवारलाई सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक कुटनीतिक पहल गर्न नेपाल सरकारको ध्यानाकर्षण गरेको पनि जनाएको छ। बर्दियाको बारबर्दिया नगरपालिका ३ की विकको भारतको चम्पारण जिल्लामा माघ ८ गते सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाइएको थियो।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया