काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुई जना मन्त्रीले आफ्नो समूहमा आउन छलफल गरिहेको बताएका छन् । बुधबार प्रचण्ड माधव समूहले राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, 'केपी ओलीले बनाउनुभएको २ जना मन्त्री पनि फर्किने पक्षमा मसँग छलफल गर्दैछन् ।' यस्तै उनले प्रधानमन्त्री ओलीलाई अझै सच्चिने मौका रहेको बताए ।
"केपी ओलीजी तपाई अझै सच्चिन चाहनुहुन्छ भने राजीनामा दिएर सच्चिनुस् ।" उनले भने "तपाई पशुपतिनाथको शरणमा पुग्नुभएको छ । जिवित देवता यत्रा नेपाली नागरिकलाई धोका दिँदै हुनुहुन्छ । हाम्रो आन्दोलन केपी विरुद्धको आन्दोलन हैन केपीको प्रतिगमन बिरुद्धको हो ।"
प्रचण्डले पार्टीका अर्का अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका बर्षौ देखि काम गरेका नेताहरुलाई ओलीले अपहेलना गरेको पनि बताए ।
प्रतिक्रिया