काठमाडौं : बैतडीमा आफ्नै छोरीको गोली हानी हत्या गरेर फरार रहेका एक व्यक्ति ४ दिनपछि पक्राउ परेका छन् । बैतडीको पुर्चौडी नगरपालिका - १० धोबीसौना विजयपुरका धनबहादुर महरा परेका हुन् । उनलाई दोगडाकेदार गाउँपालिका -८ माल्लेकबाट मंगलबार बिहान ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
महराले माघ २४ गते आफ्नै छोरी २० वर्षीया बेलमती महरा (धामी) को हत्या गरेका थिए । महरालाई कर्तव्य ज्यान मुद्धा र हतियार खरखजना अन्तर्गत मुद्दा चलाइने व्रहरीले बताएको छ ।
श्रीमतीसँग झगडा भएपछि महराले २० वर्षीया छोरी बेलमतीमाथि गोली प्रहार गरेका थिए । छोरीलाई गोली हानेर फरार रहेका महराले शनिबार राति नै गाउँ फर्केर आफ्नै घरमा आगो समेत लगएका थिए ।
प्रतिक्रिया