लेटेस्ट न्युज
advertisement1

राजेश हार्डवेयरमा नापतौल कार्यालयकाे शिलबन्दी

Maryada News 2021-04-04 16:15:52
राजेश हार्डवेयरमा नापतौल कार्यालयकाे शिलबन्दी

काठमाडाैंः बिलभन्दा कम सामान दिएर उपभोक्ता ठग्ने राजेश हार्डवेयरमा शिलबन्दी गरिएकाे छ। नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजुरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो।

ठगी गर्ने राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ। हार्डवेयरले गोरखकाली सोलार एण्ड मेटल वर्कसपलाई बिलभन्दा कम सामान दिएर ठगी गरेको हो। नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरीक्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिए।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्रामसम्म सामाग्री कमी रहेको कार्यालय प्रमुख दासले बताए।

नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटर शिलबन्दी गरेको छ। सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्